दिल्लीमा आगलागीमा हुदाँ २ जनाको मृत्यु, ४ घाइते

नयाँ दिल्ली | कात्तिक २, २०८१

दिल्लीमा आगलागीमा हुदाँ २ जनाको मृत्यु, ४ घाइते तस्बिर फाइल

नयाँ दिल्ली:     दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ । 


भोलानाथ नगरस्थित स्थानीय प्रहरी अधिकारीका अुनुसार सबै घाइते तथा मृतकहरू एउटै परिवारका सदस्य रहेका र उनीहरूको आगलागीका कारण कोठामा धुवाँले निस्सासिएर मृत्यु भएको हो ।

 
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  “शुक्रबार बिहान ५ः५० बजे दिल्लीको भोलानाथ नगरको घर नम्बर–१९७  आगलागी भएको जानकारी प्राप्त भएको र तत्काल प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारको लागि जीटीबी अस्पतालमा लगिएको थियो ।”  


फायर ब्रिगेडले आगलागीलाई केही समयमा नै नियन्त्रणमा लिएको थियो भने भग्नावशेषबाट ४२ वर्षीय शिल्पी गुप्ता र १६ वर्षीय प्रणव गुप्ताको मृत शरीर निकालेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्